बिपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे कतारका विदेश राज्यमन्त्रीलाई आग्रह

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।


विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए। भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेकाे मध्यस्थकर्ताको भूमिकाको प्रसंसा पनि गरे।


यस बिषयमा तपाइको प्रतिक्रिया...!