गेस्ट हाउसभित्रै रोकिए दुर्गा प्रसाईँका समर्थकहरु

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु राजधानीको गौशाला नजिकै विजय चोक क्षेत्रमा गेस्ट हाउसभित्रै थुनिएका छन्।

उनीहरुलाई प्रहरीले बाहिर निस्कन दिएको छैन।


विभिन्न जिल्लाबाट आई राजधानीको गौशाला क्षेत्रमा विभिन्न गेस्ट हाउसमा बसेका प्रदर्शनकारीहरुलाई प्रहरीले बाहिर निस्कन नदिएपछि उनीहरु गेस्ट हाउसभित्रै नारा लगाइरहेका छन्।

दुर्गा प्रसाईँको प्रदर्शनका सहभागीलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिइरहेको छ। उता भक्तपुरस्थित घरमा व्यवसायी दुर्गा प्रसाईँलाई अघोषित नजरबन्दमा राखिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!