भोलि पनि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ | गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार साढे ४ बजे ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार  तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए । 

उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे । 

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे ।

प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखिएको र २७ सय जनालाई पक्राउ गरेको बताए ।   

पहिलो दिनको आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा गएर आन्दोलन गर्ने बताएपछि शुक्रवार प्रहरीले उनलाई घरबाट नदिई थुनेर राखेको थियो । यता तीनकुनेमा प्रदर्शनका लागि आएका उनका समर्थकहरूलाई पक्राउ गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!