१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

९ मंसिर २०८०, शनिबार ०३:३३

मङ्सिर ९, दमौली | तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा  वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ । 

वैकुण्ठ चतुर्दशीको अवसर पारेर गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए । बिहान ७ बजे देवघाटधामको वेणी सङ्गमबाट सुरु हुने परिक्रमाअन्तर्गत तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्न्यास आश्रम, अभय सन्न्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्न्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिरको परिक्रमा गरिनेछ ।

चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला वागिश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखरा बसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार