२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज पनि तीनकुनेमा प्रदर्शन हुन नदिन प्रहरी परिचालन

२०८०, ९ मंसिर शनिबार ०७:४१

मङ्सिर ९, काठमाडौँ | आज पनि तीनकुने क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। जसका कारण आज पनि तीनकुने वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी रहेका छन्। 

बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको हो। दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनमा आउन लागेकालाई जडिबुटी, बालकुमारी र तीनकुन आसपासबाट फर्काउनुका साथ पक्राउ गरेको थियो।

आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई घरबाहिर निस्कन दिइएको थिएन। उनको घर रहेको ठाउँमा दिनभर प्रहरीले निगरानी गरेको थियो। शुक्रबार तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति नलिएको भन्दै राजावादी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

आज पनि तीनकुनेमा बाक्लो संख्यामा प्रहरी उपस्थित भएपनि सर्वसाधरणलाई धरपकड गरेको छैन। आवातजावत गर्नेहरुमाथि प्रहरीले टाढैबाट निगरानी बढाएको छ।

कानुनको परिधिभित्र बसेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइने भएपछि सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा भेला हुन र प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने प्रशासनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने