भोलि भक्तपुरको सल्लाघारी र पर्सी वसन्तपुरमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

Posted on: 25 Nov, 2023

मङ्सिर ९, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि भक्तपुरको सल्लाघारीमा र पर्सी वसन्तपुरमा प्रदर्शन गर्ने भएका छन् । सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने बताएका हुन् ।

प्रसाईंले भने ‘भक्तपुरका जनता झकझक्याउन ठीक १२ बजे भोलि हामीले त्यहाँ कार्यक्रम राखेका छौँ ।’त्यसपछि पर्सी भने काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्ने तय भएको उनको भनाइ छ ।

उनले भने‘पर्सी हामीलाई वसन्तपुरमा कार्यक्रम गर्न अनुमति दियोस् ।'  त्यसपछि  उनले कीर्तिपुर र ललितपुरमा कार्यक्रम गर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!