आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | नेपाली बजारमा आज आइतबार सुनचाँदीको  मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबीको मूल्य सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!