२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय मिडियामा मंसिर ७ को प्रदर्शनः दोष चीनलाई, उल्लेख छैन प्रसाईंको नाम–निशान

२०८०, १० मंसिर आईतवार ०७:३०

मङ्सिर १०, काठमाडौँ | काठमाडौंमा गत मंसिर ७ गते बिहिवारदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा जारी प्रदर्शनलाई अन्तर्राष्ट्रिय जगतले पनि चासोका साथ हेरिरहेको छ ।

यद्यपि, फरक के छ भने भारतीय सञ्चार माध्यमहरुले भने यसलाई गलत तरिकाले व्याख्या गर्न थालेका छन् ।

यति बेला प्रसाईंको नेतृत्वमा भैरहेको प्रदर्शनलाई ती सञ्चार माध्यमले नेपालले चीनविरुद्ध गरेको प्रदर्शनको संज्ञा दिइरहेका छन् ।


त्यसो त भारतलाई प्रारम्भदेखि नै नेपाल र चीनको मित्रता टाउको दुखाईको विषय नबनेको होइन । भारतले नेपालका अशान्त सरकार हुनुको कराण नै चीन हो भन्ने मान्दै आएको छ । यहि क्रममा भारतीय सञ्चार माध्यम लेख्छन् – ‘नेपालमा एउटा त्यस्तो वर्ग छ, जसले चीनलाई आफ्नो देशबाट बाहिर फ्याँक्न चाहन्छ ।

तर, वास्तविक कुरा के हो भने अहिले भैरहेको प्रदर्शन गणतन्त्रको विरोध गर्दै बैंक तथा सहकारीबाट लिइएको ऋण मिनाह गर्ने तथा राजतन्त्र फर्काउने कुरामा केन्द्रित छ ।

तर भारतीय सञ्चार माध्यमहरुले बैंक तथा वित्तिय संस्थासंग प्रसाईंसहित आमसर्वसाधारणले लिएको ऋणको बारेमा एक अक्षर पनि उल्लेख गरेको छैनन् । बरु उनीहरुले अहिलेको प्रदर्शनलाई चीनसंगको आफ्नो रुष्टतासंग जोडेर प्रस्तुत गरेको पाइएको छ ।

ती सञ्चार माध्यममा काठमाडौंमा लाखौंको संख्यामा जम्मा भएको भिडले हिन्दू राष्ट्र र राजतन्त्रको माग गरेको कुरा भने उल्लेख गरेको छ ।

यति बेला नेपालका हरेक मानिस र सञ्चार माध्यममा एउटै व्यक्तिको चर्चा छ, त्यो हो मेडिकल व्यवसायी दुर्गा प्रसाईं । तर भारतीय मिडियाले भने अहिलेको प्रदर्शनको मुख्य नायक दुर्गा प्रसाईंको नामको एक अक्षर पनि उल्लेख गरेको छैन ।

ती सञ्चारमाध्यममा अहिलेको यो प्रदर्शन चीनसंग रुष्ट भएको नेपाली वर्गको हो भन्ने प्रमाणित गर्नतिर लागेको पाइएको छ ।

‘चीनको हस्तक्षेपबाट दिक्क भएका मानिस सडकमा उत्रिएका छन् । स्थिति यति बिग्रियो कि जसले नेपाल सरकारले काठमाडौंमा दंगा हुन नदिन सशस्त्र प्रहरी परिचालन गरेको छ । नेपालको सरकार पनि चीनबाट प्रभावित छ । जसका कारण यी सबै कुराको असर नेपाली जनताले भोग्नु परेको छ । त्यस्तै नेपाल सरकारले विमानस्थल तथा राजमार्ग चीनलाई बेचेको नेपाली जनताको आरोप छ’, भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् – ‘यहि कारणले नेपालमा एक पटक फेरी यहाँका जनताले राजतन्त्रको माग गरेका छन् ।’

यसरी, भारतीय सञ्चार माध्यमले वास्तविकताको साटो काल्पनिक समाचार प्रकाशन गर्नुले नेपाली राजनितिमा कस्तो असर पर्ने हो भन्ने कुरा विचार योग्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने