८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सञ्चारकर्मिहरु बिच देवचुली टेलिभिजनमा दशैं बिशेष शुभकामना आदानप्रदान

२३ आश्विन २०७३, आईतवार ०९:४८

गोपिकृष्ण चापागाई/असोज २३, नवलपरासी । बिजय दशमी २०७३ को अवसरमा नवलपरासीमा बिभिन्न सञ्चारमाध्यममा आवद्ध रहेका सञ्चारकर्मिहरु बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासीको कावासोतीमा रहेको देवचुली टेलिभिजनको आयोजनामा भएको दशैं बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नवलपरासीका दर्जनौं सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष एवं कार्यक्रममा प्रमुख अतिथि नारायण शर्माले संचारमाध्यममा आबद्ध सञ्चारकर्मिहरु साथीहरु बिच शुभकामना आदानप्रदान कार्यक्रमले सुचना आदानप्रदानका लागी सामित्यता अझ बढ्ने भन्दै दशैंको शुभकामना दिएका थिए । साथै कार्यक्रममा सभापति तथा देवचुली टेलिभिजनका प्रबन्ध निर्देशक केवि रानाले नवलपरासी भित्र बिभिन्न सञ्चारमाध्यममा आबद्ध रहेका सञ्चारकर्मिहरु बिच कुनै प्रतिस्पर्धाको भावनाले नभएर मिलेर अगाडि बढ्नु पर्ने भन्दै यस्तो कार्यक्रम आगामिदिनहरुमा पनि गर्ने बताएका थिए । 


कार्यक्रममा अतिथि नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष बिरेन्द्र पराजुली, प्रेस युनियन जिल्ला सभापति श्रीराम सिग्देल, प्रेस युनियन जिल्ला सचिव नविन पौडेल, रेडियो नवलपुर कावासोतीका प्रबन्ध निर्देशक तिर्थराज भुषाल, रेडियो कावासोतीका अध्यक्ष हरिशचन्द्र पोख्रेल लगायतको उपस्थिती थियो । साथै कार्यक्रममा नवलपरासीका बिभिन्न सञ्चारमाध्यममा आवद्ध दर्जनौं सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता