2026-06-20 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलिदेखि साउदीमा कामदार नपठाउने मेनपावर व्यवसायीको अडान

पुस १५, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भोलिबाट साउदी अरबमा कामदार नपठाउने अडान लिएको छ ।

साउदी दूतावासले सरकार र व्यवसायीसँग समन्वय नै नगरी बायोमेट्रिक लागू गरेकोले नेपाली कामदार साउदी नपठाउने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

भण्डारीले भने, ‘कुनै मेनपावर कम्पनीले पठायो भने पनि हामी कारबाही छौं । भारत र बंगलादेशबाट काम गर्न जाने कामदारलाई पनि यसभन्दा पहिले नै साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो । भारत र बंगलादेशले विरोध गरेपनि साउदी पछाडि हटेको थियो ।’


उनले बायोमेट्रिकले कामदारलाई आर्थिक भार पर्ने भएकाले आफूहरूले विरोध गरेको बताएका छन् । साउदीले सन् २०२४ को सुरुदेखि बायोमेट्रिक लागू गर्ने तयारी गरेसँगै पहिलो दिनबाटै व्यवसायीले रोजगारीका लागि नेपाली कामदार नपठाउने बताएका हुन् ।

अहिले भिजिट र परिवरिक भिजामा बायोमेट्रिकका लागि १७ हजार लिइरहेको छ । कामदारलाई सुरूमा ७ सय रूपैयाँ लिने भनिएको छ । भने विस्तारै बढाउँदै जाने उल्लेख छ । प्रतिदिन ५० जनाको मात्रै बायोमेट्रिक गर्ने कोटा दिने भनिएको छ । नेपालबाट प्रत्येक दिन करिब ३ देखि ४ सय नेपाली रोजगारीको लागि साउदी जाने गरेका छन् ।

बायोमेट्रिकका गर्न काठमाडौंमा आएर वस्नुपर्ने कारणले पनि आर्थिक बोझ थपिने भण्डारीले बताए । साउदीमा ४ लाख नेपालीले काम गरिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे बायोमेट्रिकसँगै आएको विरोधबारे आफूहरूले बुझ्ने बताए ।

उनले भने, ‘सरकार र व्यवसायीसँग नै साउदी अरबको दूतावासले छलफल नै नगरी बायोमेट्रिक लागू गर्न खोजेको भन्ने छ । यस विषयमा छलफल गर्नेछौं । कामदारलाई सहज बनाएर नै पठाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते