२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तहसिलदारले अदालतकै क्वार्टरभित्र बलात्कारको प्रयास गरेको आरोप

२०८०, ११ माघ बिहीबार ०८:३५

माघ ११, दाङ | दाङ जिल्ला अदालत घोराहीमा कार्यरत तहसिलदार (प्रमुख भई काम गर्ने न्यायाधीशको सामान्य निर्देशन तथा नियन्त्रणमा रही फैसला कार्यान्वयनसम्बन्धी एवं प्रचलित कानुनमा तहसिलदारले गर्ने भनिएका काम गर्न तोकिएको कर्मचारी, सो शब्दले फैसला कार्यान्वयन अधिकारीलाई समेत जनाउँछ) निरन्जन बाबु पाण्डेले अदालतकी सेवाग्राही महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

घोराही १७ मा डेरा गरि बस्ने पीडित महिलाले सामाजिक सञ्जालमा पाण्डेले बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन्।

जिल्ला अदालतको क्वार्टरभित्र लगेर मुद्दामा मेलमिलाप गराइदिने भनेर आफूलाई बलात्कारको प्रयास गरेको आरोपसहितको भिडियो 'सक्षम युवा' नामको फेसबुक आईडीबाट पोष्ट भएको छ।

अदालतमा ती महिलाको अंश मुद्दामा फैसला भई कार्यान्वयनको चरणमा थियो। अंश मुद्दाको फैसला कार्यान्वयन गर्दैगर्दा ती महिलाले जग्गा बाडफाडको क्रममा श्रीमानको महङ्गाे जग्गा आफूलाई पार्नका लागि फेसबुकको म्यासेन्जरबाट दबाब दिने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले पाण्डेले आफ्नो चरित्र हत्या गरेको भन्दै महिला विरुद्ध साइबर अपराधमा मुद्दा दिएको बताए। उनले आपराधिक लाभमा पनि मुद्दा आउने तयारी भएको बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

आरोप लागेका पाण्डेले अदालतको सेवाग्राहीमाथि आफूले केही नगरेको र चरित्र हत्या गर्न खोजेको प्रहरीलाई भनेको मुद्दा फाटका एक प्रहरी अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु