२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारलाई दिइयो १०/१० लाख राहत

२०८०, ११ माघ बिहीबार ०८:५१

माघ ११, काठमाडौँ | सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिएको छ ।

मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो ।


सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ । १३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।

सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु