२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिम र कोशीमा मतगणना सुरु

२०८०, ११ माघ बिहीबार १०:३१

माघ ११, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मतगणना सुरु भएको जानकारी दिए ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् ।


त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो । १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

यहाँ तीन पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनादगत्तै परिणाम सार्वजनिक हुने भट्टले बताए ।

कोशीमा २ घण्टापछि परिणाम आउने

सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले मतगणना सुरु भएको दुई घन्टापछि कोशी प्रदेशबाट परिणाम आइसक्ने बताएका छन् । कोशीमा ३ जना स्थानीय तहका प्रतिनिधिबाहेक सबैले मतदान गरेका छन् ।

मतदान नगर्नेहरूमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए ।

यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित छन् । उनलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ । प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।

कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु