२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयाे

२०८०, १२ माघ शुक्रबार ०८:०६

माघ १२, पर्सा | वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । हुलाकी सडकअन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।


वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ठेक्का पाएको छ । ६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए ।

ठेकेदार कम्पनीका संचालक दिपु साहले अबको एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले काम अघि बढाउने बताए । ‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) आजैबाट काम सुरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भने, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्छौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु