२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसले महासमितिमा सनातन हिन्दु धर्मलाई आधिकारिक एजेण्डा बनाउनुपर्छ : नेता शाही

२०८०, ८ फाल्गुन मंगलवार ०६:२८

फागुन ८, काठमाडौं | नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य पुष्पकुमार शाहीले सनातन हिन्दु् धर्मलाई कांग्रेसले महासमिति बैठकमा आफ्नो आधिकारिक एजेण्डा बनाउनुपर्ने बताएका छन्।

२०७२ को संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा संविधानको उक्त धारा सच्याउनु पर्ने शाहीले बताए। 'कांग्रेसले सनातम धर्मलाई आत्मसाथ गर्नु लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा हुन्छ। त्यसैले मुलुकमा हिन्दु राष्ट्र कांग्रेस दृढ हुनुपर्छ,' उनले भने।

हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ। हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औंल्याए।


सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्।

महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। 'सनातन हिन्दु राष्ट्र नेपाल' अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्।

अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन्।

त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो