२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सी भन्छन्, ‘ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन’

२०८०, ८ फाल्गुन मंगलवार ०८:०६

फागुन ८, काठमाडौं | खेलकुदमा राजनीति मिसाउन खोजेको भनी चिनियाँ फुटबल समर्थकहरूले आफूमाथि लगाएको आरोपको विषयमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो बचाऊ गरेका छन् । उनले स्वास्थ्य समस्याका कारण आफूले हङ्कङमा मैत्रीपूर्ण फुटबल खेल्न नसकेको बताएका छन् ।

केही समयअघि अमेरिकी फुटबल क्लब इन्टर मियामी एसिया भ्रमणमा आएको थियो । मेस्सी पनि इन्टर मियामीबाटै ब्यवसायीक फुटबल खेल्छन् । एसिया भ्रमणका क्रममा इन्टर मियामीले हङ्कङमा प्रदर्शनी खेल खेलेको थियो ।

तर, त्यो खेलमा मेस्सी मैदानमा ओर्लिएका थिएनन् । स्वास्थ्य समस्याका कारण मेस्सीले उक्त खेल नखेलेको बताइएको थियो । त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा भने मेस्सी मैदानमा ओर्लिएका थिए । हङ्कङ भ्रमणपछि जापान पुगेको इन्टर मियामीले त्यहाँ पनि प्रदर्शनी खेल खेलेको थियो । जापानमा खेलिएको खेलमा पनि मेस्सी मैदानमा ओर्लिएका थिए ।


हङ्कङमा मेस्सीको खेल हेर्न हजारौँ समर्थकले महंगो मूल्यमा टिकट खरिद गरेका थिए । मेस्सीले नखेलेपछि समर्थकहरू आक्रोशित बनेका थिए । आयोजकले आफूहरूसँग धोखा गरेको आरोप पनि समर्थकले लगाएका थिए ।

समर्थकहरूले इन्टर मियामी र मेस्सीले फुटबलमा राजनीति मिसाउन खोजेको आरोप पनि लगाएका थिए । चिनिया सरकारका स्थानीय अधिकारीहरु पनि इन्टर मियामी र मेस्सीको उक्त निर्णयबाट रुष्ट बनेका थिए ।

आफूमाथि आरोप लाग्नेक्रम बढ्दै गएपछि मेस्सीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले स्वास्थ्य समस्याकै कारण आफूले हङ्कङमा मैत्रीपूर्ण खेल नखेलेको बताएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफूले हङ्कङमा नखेल्नुको पछाडि कुनै राजनीतिक कारण नरहेको दाबी पनि गरेका छन् ।

‘हङ्कङमा मेरो अनुपस्थितिको विषयलाई लिएर विभिन्न आरोप लगाइएको छ । यस्ता आरोपमा कुनै सत्यता छैन । मैले फुटबलमा राजनीति मिसाउने कुनै कार्य गरेको छैन,’ चिनियाँ समर्थकलाई सम्बोधन गर्दै मेस्सीले जारी गरेको भिडियो सन्देशमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो