गोपालप्रसाद पोखरेल/कात्तिक ४, मोरङ । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला–१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपालप्रसाद पोखरेल/कात्तिक ४, मोरङ । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला–१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । "/>
2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानसिक सन्तुलन गुमेपछि साङ्लोमा बाँधियो

गोपालप्रसाद पोखरेल/कात्तिक ४, मोरङ । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला–१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । 

उनका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो । बाबु दलबहादुरले भने, ‘हराउने डरले साङ्लोमा बाँधेर राखेका हौं ।’ 

दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो। तर, छोरोलाई नै साङ्लोमा बाँधेर हेरचाह गर्नुपर्ने भएको दुखेसो उनी सुनाउँछन् । उनका अनुसार आर्थिक अवस्थाले भ्याएसम्म उपचार गरेको तर आर्थिक अभावले उपचारका लागि ठूलो अस्पताल नलगिएको हो । उनीहरूको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा छ । दलबहादुर भन्छन्, ‘बेचौँ कहाँ बस्ने ?’ 

छोराको उपचारमा ठूला अस्पतालले सहयोग गरिदिने हो भने छोराको होस फर्किने आशा उनीमा जीवितै छ । तर, ७८ वर्षे यी बाबुलाई हस्पिटलसम्म लाने र कहाँ कसरी बोल्ने हेक्का छैन । त्यसैले, उनी छोरो रोइकराइ गरेर पागलपनमा चिच्याएको, कराएको, हाँसेको पुर्पुरोमा हात राखेर हेर्न बाध्य छन् । उनी भन्छन्, ‘मेरी श्रीमती पनि हालसालै खसिन्, काजकिरिया केही दिनअघि मात्र सकिएको हो ।’ 

श्रीमती हुँदा केही सजिलो थियो अहिले धेरै समस्या भयो। के गर्ने, कसो गर्ने? आफ्नो देहान्त भैहाले छोरोलाई कसले हेर्ने? दलबहादुरलाई निक्कै पीर छ । दलबहादुर कार्की स्वयम् बिरामी छन् । उनका शरीरमा बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छैन् । 

आफैँ अरूको सहारामा रुमलिने अवस्थामा छन् । तर उनी भन्छन्, ‘सकिनसकि छोराको स्याहार गर्दैछु।’ आफ्नो छोरोको उपचार भए छोरोले आफैँ गरिखाने आशाको त्यान्द्रो बाबुले मनमा संगालेका छन् ।

कसले सहयोग गरिदिने ? महत्वपूर्ण प्रश्न बनेको छ जुन कुराले उनलाई मुटुमाथि ढुङ्गा राखी जीउन बाध्य बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई