२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जब ओस्कारको स्टेजमा न्यूड पुगे जोन सिना

२०८०, २८ फाल्गुन सोमबार ०७:०२

फागुन २८, काठमाडौँ | नेपाली समयअनुसार सोमबार संसारकै प्रतिष्ठित मानिने ओस्कार अवार्ड (द एकेडेमी अवार्ड) वितरण गरियो । अवार्ड कार्यक्रममा विजेतासँगै यस्ता मुभमेन्ट भए, जुन सर्वाधिक चर्चाको विषय बनेको छ । हलिउड अभिनेता तथा पूर्व रेस्लर जोन सिना न्यूड भएर ओस्कारको स्टेजमा पुग्दा धेरै अचम्ममा परेका थिए । उद्घोषक जिमी किमेलले बोलाएपछि जोन न्यूड भएर स्टेजमा पुगेका थिए ।


जिमीले ४६औं संस्करण अर्थात् सन् १९७४ मा एक व्यक्ति न्यूड भएर ओस्कारको मञ्जमा दौडिएको घटना स्मरण गर्छन् । त्यसैबेला स्टेजको पछाडिबाट उनलाई जोनले बोलाउँछन् । उनले न्यूड भएर स्टेजमा नजाने बताएपछि जिमीले मान्दैनन् । त्यसपछि जोनले जिमीबाट बेस्ट कस्ट्यूम विजेताको खाम लिन्छन् र त्यसले ‘प्राइभेट पार्ट’ छोपेर स्टेजमा पुग्छन् । तर, उनले खाम खोल्न सक्दैनन् ।
खुट्टा घिसार्दै स्टेजको माइकसम्म पुगेपछि उनले ठट्यौली शैली भन्छन्, ‘कस्ट्यूम निकै आवश्यक छ । सायद सबैभन्दा जरुरी चीज हो ।’ पछि केही व्यक्तिहरुले उनलाई पर्दामा बेर्छन् । त्यसपछि उनले बेस्ट कस्ट्यूम विजेताको नाम घोषणा गरेका थिए । खासमा यो जोन र जिमीले तयार पारेको प्रयाङ्क थियो । ओस्कारमा फिल्म ‘पुअर थिंग्स’ले कस्ट्यूम डिजाइनको अवार्ड प्राप्त गरेको थियो ।
ओस्कार अवार्ड समारोहमा गाजामा युद्धविरामको माग गर्दै भएको प्रदर्शन पनि ठूलो चर्चाको विषय बनेको छ । डल्बी थिएटरभन्दा बाहिर फिलिस्तीनको समर्थनमा प्रदर्शन भएको थियो । त्यस्तै, उक्त अवार्ड समारोहमा ​​​​​​​इन्डियन आर्ट डायरेक्टर नितिन देसाईलाई श्रद्धाञ्जली समेत दिइएको थियो । उनले ‘लगान’, ‘हम दिल दे चुके सनम’ जस्ता कयौं बलिउड फिल्मको सेट डिजाइन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं