छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कास्की, बर्दिया, धनुषा, पर्सा लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।  कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सापकोटा चोकमा हेम्जाबाट पोखरातर्फ  जाँदै गरेको ग.३ प ९०२५ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा चालक रोल्पा घर भएका २० वर्षीय दिनेश बुढामगरको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–९ शिवपुरस्थित सडकमा बीबीएस बोर्डिङ स्कुल ठाकुरद्वारा बर्दियाको ना.४ ख ६२७१ नम्बरको बसको पछाडिको चक्काले कुल्चिँदा सोही नगरपालिका शिवपुर बस्ने सीता सुनारकी छोरी ५ वर्षीय सबिता सुनारको  मृत्यु भएको छ । सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ती बालिका आइतबार बसबाट झरी घरतर्फ जाने क्रममा पछाडिको चक्काले कुल्चिँदा गम्भीर घाइते भई उपचारका लागि मेडिकल कलेज कोलहपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, धनुषाको धनुषा धाम नगरपालिका–२ स्थित सडकमा धनुषा धामबाट जनकपुरतर्फ जाँदै गरेको ज.७ प १९८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सबैला नगरपालिका–१३ रघुनाथपुर बस्ने २२ वर्षीय श्याम राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता, वीरगन्ज महानगरपालिका–२१ स्थित सडकमा ना.६४ प ७०४ नम्बरको मोटरसाइकललाई बा.प्र.०३–००१ च १९७५ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर बस्ने ३० वर्षीय सरोज पटेलको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेस्थित सडकमा स.१ ख ८१६ नम्बरको बस र प्र.१–०१–०१६प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई  दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका–३ बस्ने २४ वर्षीय प्रगति राईको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित सडकमा बागमती प्रदेश ०३–००१ क ०९५५ नम्बरको ट्रक र लु–५० प ४७०९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कावासोती नगरपालिका–३ अठ्ठाईसबिघा बस्ने धादिङ गंगाजमुना गाउँपालिका–५ घर भएका २० वर्षीय विश्व मित्र गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!