२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीकै योजनामा श्रीमानको हत्या , सिन्धुपाल्चोकबाट सिक्लेस पुर्‍याएर हत्या !

२०८०, ९ चैत्र शुक्रबार ०६:४८

चैत ९, काठमाडौँ | कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्न आएका रामलाल चैत ३ गते मृत भेटिए । जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मान दोङका अनुसार रामलालले डोजर, स्काभेटर चलाउँथे । उनी कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर सिक्लेस आएका थिए । 


 सिक्लेस गाउँबाट दक्षिण पाखोमा चैत ३ गते एक पुरुषको शव भेटिएको थियो । मादीमा निर्माणाधीन अपर जिरो मादी र मादमे खोला हाइड्रोपावर जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए ।

‘गोठालो गएका गाउँलेले रगत देखेपछि आफ्नै भैंसीको हुनसक्ने भन्दै खोज्दै जाँदा बाटोभन्दा करिब १५ मिटर तल शव देखेछन् । गाउँबाट थप मान्छे पठाएर लाश नै हो भनेपछि प्रहरीलाई खबर गरें’, गुरुङले भने ।

प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान थाल्यो । त्यसक्रममा हाइड्रोमा काम गर्न भनेर पोखराबाट गएका अर्का एक व्यक्तिले बसमा रामलालसँग चिनजान भएको र उनीहरुको समूहमा चार जना रहेको सूचना दिए । त्यही सूचनालाई पछ्याउँदा पक्राउ परेकाहरुसम्म पुग्न प्रहरी सफल भएको छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रामलालको हत्याको योजना च्याङ्माले नै बनाएको प्रारम्भिक अनुसन्धानले देखिएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च्याङ्मासँगै धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनबहादुर, नवीन तामाङ र अजितले हाइड्रोमा काम गर्ने भनेर रामलाललाई सिक्लेस ल्याएका थिए । सिक्लेस गाउँभन्दा दक्षिण पाखोमा पुगेपछि उनीहरुले रामलालको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

काठमाडौं र भक्तपुरबाट पक्राउ परेका उनीहरुलाई पोखरा ल्याएको छ । प्रहरीका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ । रामलालको शव उनका बुबाले बुझेका छन् । उनको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटिएको छ । वडाध्यक्ष देवीजंग गुरुङको समन्वयमा उनको शवको पहिचान भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर