कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
८ माघ २०८२, बुधबार
पर्बत - PBT

बौद्धिक वर्ग पार्टीको लागि आवश्यक छ – तिवारी

९ कार्तिक २०७३, मंगलवार ०३:४५

कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादीले गरेको दशबर्षे जनयुद्ध र आन्दोलनबाटनै अहिलेको लोकतन्त्रको उपलब्धी भएको बताउँदै पार्टीलाई सहिमार्गमा लैजानको लागि बौद्धिक बर्गले बेलाबेलामा घचघचाउन पर्ने    बताए ।
    राजनीतिक दलहरुले गलत काम गर्न लागेको थाहा पाएमा बौद्धिक बर्गले सहि मार्गमा लैजानको निम्ति सरसल्लाह र शैद्धान्तिक ज्ञान दिनुपर्नेमा उनको जोड थियो ।
    पार्टीभित्र विचलन भएमा वा पार्टीले उचित निर्णय लिन नसकेमा बौद्धिक बर्गले रचनात्मक भूमिका निर्वाह गर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । त्यस्तै कार्यक्रममा प्रदेश नं ४का संयोजक शम्भु बहादुर अधिकारीले देश विकासको लागि बौद्धिक बर्गको आवश्यकता रहेको औलाए । देशका बौद्धिक बर्गहरुले सही रुपमा आफ्नो अनुभव आदान प्रदान गर्न नसकेका कारण बेलाबेलामा देशमा राजनीतिक उतारचढाब हुने गरेको बताउँदै पार्टीलाई सहि मार्गमा लैजानको लागि बुद्धिजिविहरु लाग्नुपर्ने उनले बताए । भेलाले जिल्लामा गठित २५ सदस्यय जिल्ला समितिलाई जिल्ला अधिबेशन आयोजक समितिका रुपमामा तयार लैजाने निर्णय गरेको छ । जगदीश शर्माको संयोजकत्वमा ९ सदस्यीय जिल्ला अधिबेशन सचिवालय गठन गरेको छ । जसमा  रमेश शर्मा लम्साल, खिमानन्द काफ्ले, जमुना आचार्य, बशन्त तिमिल्सिना, मोति रेग्मी, इन्द्र तिमिल्सिना, रन्जित कुमार सुनार, लक्ष्मण शर्मा रहेका छन् ।
    बुद्धिजिवी संगठन पर्वतका अध्यक्ष जगदीश शर्माको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव रमेश शर्मा लम्सालले गरेका थिए भने कार्यक्रमको स्वाग रंजित सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता