कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्व"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राज्यले नीजि क्षेत्रको योगदानलाई उपेक्षा गर्न हुँदैन ः प्याब्सन अध्यक्ष केसी

११ कार्तिक २०७३, बिहीबार ०४:२६

कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्वत सदरमुकाम कुश्मामा बुधवार आएका हुन् ।
    समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका अध्यक्ष केसीले नेपालको शिक्षा क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै राज्यले भने नीजि क्षेत्रको योगदानलाई उपेक्षा गर्दै आएको बताए । शिक्षा सम्वन्धि ऐन बनाईदा र नीति निर्माण गर्दा नीजि क्षेत्रलाई पनि राज्यले समेट्नु पर्ने अध्यक्ष केसीको  भनाई थियो । विद्यालयले आयोजना गरेको भव्य कार्यक्रमका विच प्याब्सन अध्यक्ष केसीले नवर्निमित भवनको समुद्घाटन  गरे ।
    समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एकेडेमीका प्रिन्सिपल केशवराज पुरीले स्कुल स्थापनाको समय २०६४ नीजि विद्यालय लागि प्रतिकुल रहेको भएपनि आफूहरुले आँट गरेको र अभिभावक साथै संचालकहरुको साथ सहयोगले संचालन गर्न सफल रहेको बताए ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, शिक्षापे्रमी व्यक्तित्वहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, अभिभावक, विद्यार्थी लगायतको सहभागीता थियो । कार्यक्रममा विद्यार्थी भाईवैनीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उद्घाटन कार्यक्रमको     रौनक बढाएका थिए । सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचालक सदस्य गणेश पौडेलले गरेका थिए ।
    पर्वतको कुश्मामा विसं.२०६४ साल स्थापना भएको एकेडेमीले छोटो समयमा नै आफ्नै भवन निर्माण गर्न सफल भएको छ । विद्यालयले चार तल्ले पक्की भवनबाट विद्यार्थीको पठनपाठन शुरु थालेको छ । यसअघि विद्यालयले भाडामा लिएको कच्ची घरबाट विद्यालय संचालन गर्दै आएको   थियो ।  
    संचालक सदस्यमध्येका गणेश पौडेलका अनुसार हाल विद्यालयसँग आफ्नै जग्गा र पक्की भवन गरी करीव ४ करोड ५० लाख अचल सम्पत्ति रहेको छ । माध्यामिक तहसम्म पढाई हुने एकेडेमीमा हाल ७०० विद्यार्थीहरु अध्ययनरत छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति