४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको पुनरावेदन अदालतलाई नै उच्च अदालत बनाउनुपर्ने

१३ चैत्र २०७२, शनिबार ०५:०७

bhupendra prakash pokhrelचैत १३, मकवानपुर । हेटौँडामा रहेको पुरावेदन अदालतलाई
यथास्थानमा उच्च अदालत बनाउनु पर्नेमा बार एसोसिएसनका एकजना मकवानपुरे उम्मेद्वारले जोड दिएका छन्

हेटौँडा ७ न्युरेनी स्थायी घर भई काटमाण्डौमा विगत १४
वर्षदेखि कानुन व्यवसाय गर्दे आउनुभएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले देशमा नयाँ संविधान जारी
भएपछि पुनरावेदन अदालतहरू एक वर्षभित्र उच्च अदालतमा परिणत हुने र ७ वटा मात्र उच्च अदालत रहने भएकोले
हेटौँडाको पुनरावेदन अदालतलाई अन्यत्र सार्न सक्ने शंका व्यक्त गर्दै यस अदालत भएकै स्थानमा उच्च बदालत
बनाउनु पर्ने बताउनुभयो ।

यहाँको भौगोलिक, क्षेत्र औद्योगिक
क्षेत्र एवम् स्थानीय कानुन व्यवसायीको हितका लागि हेटौँडाकै पुनरावेदन अदालतलाई उच्च अदालत बनाउन आफूले
जोडदार रुपमा आवाज उठाउने पनि उहाँले बताउनुभयो ।

नेपाल बार
एसोसिएसनको यही चैत २० गते हुन लागेको निर्बाचनमा सदस्य पदमा उम्मेद्वारी दिनुभएका उहाँ काठमाण्डौ बारमा
आबद्ध हुनुहुन्छ । पोखरेल वृहत प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूह (
विजयकान्त मैनाली नेतृत्व) बाट उम्मेद्वार रहनुभएको छ ।

विगत १४
वर्षदेखि काठमाण्डौलाई कर्मभूमि बनाइ काम गर्दै आउनुभएका पोखरेलले आफ्नो उम्मेद्वारी बारमा राजनीतिक हुन
नदिन तथा कानुन व्यवसायीको हितका लागि भएको दावी गर्नुभयो ।

स्थानीय र केन्द्रीय बारबिच दुरी बढ्दै गएको बताउँदै उहाँले सो दुरी कम गर्नका लागि पनि आफ्नो
भूमिका रहने केन्द्र र स्थानीय बार बिच समन्वय गर्न पनि आफ्नो विशेष भूमिका हुने तथा नवप्रप्रवेशी कानुन
व्यवसायीको हितका लागि काम गर्ने पोखरेलले बताउनुभएको छ ।

विसं.
२०२८ सालमा जन्मनुभएका अधिवक्ता पोखरेल विगतका समयमा पनि सार्बजनिक सरोकाका मुद्धाहरुलाई अदालतमा उठाउने
एक जुझारु कानुन व्यवसायी हुनुहुन्छ ।

लोडसेडिङ विरुद्ध
सर्वोच्चमा मुद्धा दायर गर्नेदेखि पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइएका सेवासुविधाका विरुद्ध तथा
भारतीय च्यानल नेपाल वान टेलिभिजनको नामका विषय, निशाना छाप लगायतका विषयमा सर्वोच्च अदालतमा मद्धा दायर
गरि बहस गर्दै आउनुभएको छ ।

विभिन्न सिद्धान्त बोकेका तथा
विभिन्न भौगोलिक क्षेत्रको समान सहभागिता रहेकोले आफूले जित्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ