२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको पुनरावेदन अदालतलाई नै उच्च अदालत बनाउनुपर्ने

२०७२, १३ चैत्र शनिबार ०५:०७

bhupendra prakash pokhrelचैत १३, मकवानपुर । हेटौँडामा रहेको पुरावेदन अदालतलाई
यथास्थानमा उच्च अदालत बनाउनु पर्नेमा बार एसोसिएसनका एकजना मकवानपुरे उम्मेद्वारले जोड दिएका छन्

हेटौँडा ७ न्युरेनी स्थायी घर भई काटमाण्डौमा विगत १४
वर्षदेखि कानुन व्यवसाय गर्दे आउनुभएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले देशमा नयाँ संविधान जारी
भएपछि पुनरावेदन अदालतहरू एक वर्षभित्र उच्च अदालतमा परिणत हुने र ७ वटा मात्र उच्च अदालत रहने भएकोले
हेटौँडाको पुनरावेदन अदालतलाई अन्यत्र सार्न सक्ने शंका व्यक्त गर्दै यस अदालत भएकै स्थानमा उच्च बदालत
बनाउनु पर्ने बताउनुभयो ।

यहाँको भौगोलिक, क्षेत्र औद्योगिक
क्षेत्र एवम् स्थानीय कानुन व्यवसायीको हितका लागि हेटौँडाकै पुनरावेदन अदालतलाई उच्च अदालत बनाउन आफूले
जोडदार रुपमा आवाज उठाउने पनि उहाँले बताउनुभयो ।

नेपाल बार
एसोसिएसनको यही चैत २० गते हुन लागेको निर्बाचनमा सदस्य पदमा उम्मेद्वारी दिनुभएका उहाँ काठमाण्डौ बारमा
आबद्ध हुनुहुन्छ । पोखरेल वृहत प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूह (
विजयकान्त मैनाली नेतृत्व) बाट उम्मेद्वार रहनुभएको छ ।

विगत १४
वर्षदेखि काठमाण्डौलाई कर्मभूमि बनाइ काम गर्दै आउनुभएका पोखरेलले आफ्नो उम्मेद्वारी बारमा राजनीतिक हुन
नदिन तथा कानुन व्यवसायीको हितका लागि भएको दावी गर्नुभयो ।

स्थानीय र केन्द्रीय बारबिच दुरी बढ्दै गएको बताउँदै उहाँले सो दुरी कम गर्नका लागि पनि आफ्नो
भूमिका रहने केन्द्र र स्थानीय बार बिच समन्वय गर्न पनि आफ्नो विशेष भूमिका हुने तथा नवप्रप्रवेशी कानुन
व्यवसायीको हितका लागि काम गर्ने पोखरेलले बताउनुभएको छ ।

विसं.
२०२८ सालमा जन्मनुभएका अधिवक्ता पोखरेल विगतका समयमा पनि सार्बजनिक सरोकाका मुद्धाहरुलाई अदालतमा उठाउने
एक जुझारु कानुन व्यवसायी हुनुहुन्छ ।

लोडसेडिङ विरुद्ध
सर्वोच्चमा मुद्धा दायर गर्नेदेखि पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइएका सेवासुविधाका विरुद्ध तथा
भारतीय च्यानल नेपाल वान टेलिभिजनको नामका विषय, निशाना छाप लगायतका विषयमा सर्वोच्च अदालतमा मद्धा दायर
गरि बहस गर्दै आउनुभएको छ ।

विभिन्न सिद्धान्त बोकेका तथा
विभिन्न भौगोलिक क्षेत्रको समान सहभागिता रहेकोले आफूले जित्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु