२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको पुनरावेदन अदालतलाई नै उच्च अदालत बनाउनुपर्ने

१३ चैत्र २०७२, शनिबार ०५:२०

bhupendra prakash pokhrelचैत १३, मकवानपुर । हेटौँडामा रहेको पुरावेदन अदालतलाई
यथास्थानमा उच्च अदालत बनाउनु पर्नेमा बार एसोसिएसनका एकजना मकवानपुरे उम्मेद्वारले जोड दिएका छन्

हेटौँडा ७ न्युरेनी स्थायी घर भई काटमाण्डौमा विगत १४ वर्षदेखि
कानुन व्यवसाय गर्दे आउनुभएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले देशमा नयाँ संविधान जारी भएपछि
पुनरावेदन अदालतहरू एक वर्षभित्र उच्च अदालतमा परिणत हुने र ७ वटा मात्र उच्च अदालत रहने भएकोले
हेटौँडाको पुनरावेदन अदालतलाई अन्यत्र सार्न सक्ने शंका व्यक्त गर्दै यस अदालत भएकै स्थानमा उच्च बदालत
बनाउनु पर्ने बताउनुभयो ।

यहाँको भौगोलिक, क्षेत्र औद्योगिक
क्षेत्र एवम् स्थानीय कानुन व्यवसायीको हितका लागि हेटौँडाकै पुनरावेदन अदालतलाई उच्च अदालत बनाउन आफूले
जोडदार रुपमा आवाज उठाउने पनि उहाँले बताउनुभयो ।

नेपाल बार
एसोसिएसनको यही चैत २० गते हुन लागेको निर्बाचनमा सदस्य पदमा उम्मेद्वारी दिनुभएका उहाँ काठमाण्डौ बारमा
आबद्ध हुनुहुन्छ । पोखरेल वृहत प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूह (
विजयकान्त मैनाली नेतृत्व) बाट उम्मेद्वार रहनुभएको छ ।

विगत १४
वर्षदेखि काठमाण्डौलाई कर्मभूमि बनाइ काम गर्दै आउनुभएका पोखरेलले आफ्नो उम्मेद्वारी बारमा राजनीतिक हुन
नदिन तथा कानुन व्यवसायीको हितका लागि भएको दावी गर्नुभयो ।

स्थानीय र केन्द्रीय बारबिच दुरी बढ्दै गएको बताउँदै उहाँले सो दुरी कम गर्नका लागि पनि आफ्नो
भूमिका रहने केन्द्र र स्थानीय बार बिच समन्वय गर्न पनि आफ्नो विशेष भूमिका हुने तथा नवप्रप्रवेशी कानुन
व्यवसायीको हितका लागि काम गर्ने पोखरेलले बताउनुभएको छ ।

विसं.
२०२८ सालमा जन्मनुभएका अधिवक्ता पोखरेल विगतका समयमा पनि सार्बजनिक सरोकाका मुद्धाहरुलाई अदालतमा उठाउने
एक जुझारु कानुन व्यवसायी हुनुहुन्छ ।

लोडसेडिङ विरुद्ध
सर्वोच्चमा मुद्धा दायर गर्नेदेखि पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइएका सेवासुविधाका विरुद्ध तथा
भारतीय च्यानल नेपाल वान टेलिभिजनको नामका विषय, निशाना छाप लगायतका विषयमा सर्वोच्च अदालतमा मद्धा दायर
गरि बहस गर्दै आउनुभएको छ ।

विभिन्न सिद्धान्त बोकेका तथा विभिन्न
भौगोलिक क्षेत्रको समान सहभागिता रहेकोले आफूले जित्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ