२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्ट्रेलियाका ओपनर ब्याटर वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए संन्यास

२०८१, ११ असार मंगलवार ०८:३५

असार ११,  काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याटर डेभिड वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यासको घोषणा गरेका छन्। 

अमेरिका र वेस्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्। 

अस्ट्रेलिया सोमबार बेलुका भएको खेलमा भारतसँग पराजित भएको थियो। जुन खेलमा वार्नरले ६ बलमा मात्रै ६ रन जोडेका थिए। यो नै उनको अन्तर्राष्ट्रिय टी–२० करियरको अन्तिम इनिङ्स बन्न पुग्यो। 


पहिलो ओभरको अन्तिम बलमा आउट भएर मैदानबाट बाहिरिँदै गर्दा पनि उनका लागि राष्ट्रिय जर्सीमा यही खेल अन्तिम हुने निश्चित भइसकेको थिएन। 

वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट भने यसअघि नै संन्यास लिइसकेका थिए। 

गत नोभेम्बरमा एक दिवसीय विश्वकपको फाइनलमा भारतलाई हराएपछि एक दिवसीय क्रिकेटबाट संन्यास लिएका उनका लागि टी–२० को अन्तिम खेल पनि भारतविरुद्ध नै हुन पुग्यो। 

तर एक दिवसीयबाट विदा हुँदा जस्तो टी–२० को अन्तिम खेलको नतिजा भने हुने सकेन। उनले  टेस्टको अन्तिम खेल गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए।

३७ वर्षका वार्नरले टी–२० र एक दिवसीयमा सन् २००९ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए। त्यसको दुई वर्षपछि सन् २०११ मा न्युजिल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेले। तर उनको संन्यास घोषणा भने अकस्मात् बन्यो।

मंगलबार बिहान बंगलादेश अफगानिस्तानसँग नाटकीय रुपमा पराजित हुँदा यसको नमिठो धक्का अस्ट्रेलियाले व्यहोर्नुपर्‍यो। यदि यो खेलमा बंगलादेश विजयी भएको भए अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने थियो। 

सुपर ८ का सबै खेल हारेको बंगलादेशको नतिजाले अस्ट्रेलियालाई पनि निराश बनाएको हो। सुपर ८ मा अस्ट्रेलियाले बंगलादेशलाई मात्रै जित्यो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु