२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पशुपतिनाथ घुम्न आएका भारतीय युवाको समूह बलात्कार आरोपमा पक्राउ

२०८१, १३ असार बिहीबार ०८:२३

असार १३, काठमाडौँ । पशुपतिनाथ मन्दिर घुम्न आएका भारतीय युवाको समूह बलात्कार आरोपमा पक्राउ परेको छ। काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४ भारतीयसहित ७ जना छन्। गत जेठ १९ गते उक्त समूहले काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसका सञ्चालकसँग साढे ६ हजार रुपैयाँमा कुरा मिलाएर पीडित कल्पना (नाम परिवर्तन) लाई भारतीय नम्बर प्लेटको फर्च्युनर गाडीमा राखेर ठमेलस्थित स्काइलाइन होटल पुर्‍याएको थियो।

जाहेरवालाका अनुसार त्यहाँ उनलाई जबरजस्ती मदिरा सेवन गराइएको थियो । मदिरा सेवनपछि एक जना मात्र कोठाभित्र बसेर बाँकी त्यहाँबाट निस्किएका थिए। तर ती युवकसँग शारीरिक सम्बन्ध राखेपछि अरू युवा पुन: कोठामा आएर शारीरिक सम्बन्ध राख्न खोजेको जाहेरवालाको दावी छ। त्यसपछि कल्पनाले प्रहरीलाई खबर गरेकी थिइन्।

कल्पनाका अनुसार उनी बुबाले अर्की श्रीमती ल्याएको र आमा पनि अर्कैसँग हिँडेका कारण काम खोज्दै केही समयअघि भोटेबहालस्थित गेस्ट हाउसमा काम गर्न पुगेकी थिइन्। जेठ १९ गते गेस्ट हाउसका सञ्चालकले गेस्टहरू आउँदै छन्, एक जनासँग रात बिताए २ हजार रुपैयाँ दिने भनेर अग्रिम जानकारी गराएको जाहेरवालाको जाहेरीमा उल्लेख छ।

प्रहरी अनुसन्धानमा प्रतिवादीले बताएअनुसार चार जना भारतीय युवा गत मे ३१ तारिखमा फर्च्युनर गाडी चढेर वीरगन्ज आएका थिए। वीरगन्जमा रहेका नेपाली साथीलाई लिएर उनीहरू जेठ १८ गते राती अग्रिम बुक गरेको स्काइलाइन होटल पुगेका थिए।

बिहान उठेर पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको र सुन्धारामा आएर खाना खाएपछि वीरगन्जका साथीले बेलुका केटी मिलाउँछु भनेको पक्राउ परेका मध्ये एक भारतीयले बयान दिएका छन्।

जाहेरवालाका अनुसार नेपाली युवाले करणी गरेपछि अन्यले पनि प्रयास गर्न खोज्दा उनले प्रहरीलाई खबर गरेकी थिइन्। पक्राउ परेका भारतीय युवा, गेस्ट हाउस सञ्चालकसहित ७ जनाविरुद्ध जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र मानव बेचबिखन कसुरमा अभियोग दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु