१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पशुपतिनाथ घुम्न आएका भारतीय युवाको समूह बलात्कार आरोपमा पक्राउ

१३ असार २०८१, बिहीबार ०८:२३

असार १३, काठमाडौँ । पशुपतिनाथ मन्दिर घुम्न आएका भारतीय युवाको समूह बलात्कार आरोपमा पक्राउ परेको छ। काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४ भारतीयसहित ७ जना छन्। गत जेठ १९ गते उक्त समूहले काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसका सञ्चालकसँग साढे ६ हजार रुपैयाँमा कुरा मिलाएर पीडित कल्पना (नाम परिवर्तन) लाई भारतीय नम्बर प्लेटको फर्च्युनर गाडीमा राखेर ठमेलस्थित स्काइलाइन होटल पुर्‍याएको थियो।

जाहेरवालाका अनुसार त्यहाँ उनलाई जबरजस्ती मदिरा सेवन गराइएको थियो । मदिरा सेवनपछि एक जना मात्र कोठाभित्र बसेर बाँकी त्यहाँबाट निस्किएका थिए। तर ती युवकसँग शारीरिक सम्बन्ध राखेपछि अरू युवा पुन: कोठामा आएर शारीरिक सम्बन्ध राख्न खोजेको जाहेरवालाको दावी छ। त्यसपछि कल्पनाले प्रहरीलाई खबर गरेकी थिइन्।

कल्पनाका अनुसार उनी बुबाले अर्की श्रीमती ल्याएको र आमा पनि अर्कैसँग हिँडेका कारण काम खोज्दै केही समयअघि भोटेबहालस्थित गेस्ट हाउसमा काम गर्न पुगेकी थिइन्। जेठ १९ गते गेस्ट हाउसका सञ्चालकले गेस्टहरू आउँदै छन्, एक जनासँग रात बिताए २ हजार रुपैयाँ दिने भनेर अग्रिम जानकारी गराएको जाहेरवालाको जाहेरीमा उल्लेख छ।

प्रहरी अनुसन्धानमा प्रतिवादीले बताएअनुसार चार जना भारतीय युवा गत मे ३१ तारिखमा फर्च्युनर गाडी चढेर वीरगन्ज आएका थिए। वीरगन्जमा रहेका नेपाली साथीलाई लिएर उनीहरू जेठ १८ गते राती अग्रिम बुक गरेको स्काइलाइन होटल पुगेका थिए।

बिहान उठेर पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको र सुन्धारामा आएर खाना खाएपछि वीरगन्जका साथीले बेलुका केटी मिलाउँछु भनेको पक्राउ परेका मध्ये एक भारतीयले बयान दिएका छन्।

जाहेरवालाका अनुसार नेपाली युवाले करणी गरेपछि अन्यले पनि प्रयास गर्न खोज्दा उनले प्रहरीलाई खबर गरेकी थिइन्। पक्राउ परेका भारतीय युवा, गेस्ट हाउस सञ्चालकसहित ७ जनाविरुद्ध जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र मानव बेचबिखन कसुरमा अभियोग दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन