१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर

१३ असार २०८१, बिहीबार ०९:३२

असार १३,  काठमाडौँ । बलिवुड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ ।

तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन् । यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन् । ८औं सिजनको र्यापिड फायर राउण्डलाई शोको इतिहासमा सबैभन्दा बोरिङ र्यापिड फायरको रूपमा वर्णन गर्दै, करणले शो देखाउने नयाँ तरिका ल्याउने बताएका छन्, जसको लागि उनले एक वर्षको ब्रेक लिइरहेका छन् । विवादबाट बच्नका लागि सेलिब्रेटीहरूले पहिले जस्तो स्वतन्त्र रूपमा जवाफ दिइरहेका छैनन् भन्ने करण विश्वास गर्छन् ।


हालै युट्युबर सुचित्रा त्यागीसँगको एक अन्तर्वार्तामा करण जोहरले कफी विथ करणको नयाँ सिजनको बारेमा कुरा गरेका छन् । अर्को सिजन कहिले आउँछ भन्ने प्रश्नमा उनले यो वर्ष शो नआउने बताए । उनले एक वर्षको विश्राम लिएर सन् २०२५ मा नयाँ ढंगले आउने बताएका छन् ।

कफी विथ करणको ८ औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए । कफी विथ करणको ८औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए ।

गत सिजनको बोरिङ र्‍यापिड फायरबारे उनले भने, ‘मलाई बिस्तारै मानिसले आफूलाई बन्दी बनाएको महसुस हुन थालेको छ । उनीहरु डराएको, मानिसहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर बोल्न हिच्किचाउन लागेको महसुस भएको छ । त्यसैले मलाई लाग्छ ती सेलिब्रेटीहरूसँग यो गर्नु हुँदैन । अब म शोलाई गपशप र कुराकानीले भरिपूर्ण बनाउन चाहन्छु ।'

करणले थप भने, ‘म शोलाई वास्तविक बनाउन चाहन्छु, अहिले मानिसहरु निकै खुलेर देखिएका छन् । मैले कार्यक्रममा क्रमबद्ध प्रश्नहरू राख्न पनि बन्द गरेको छु, किनकि मलाई लाग्छ कि यी अब उपयुक्त छैनन् । यो केही समयको लागि मात्र ठीक थियो । मानिसहरू रिसाउँछन् ।'

करणले रियालिटी शोमा उनको खिल्ली उडाएको भन्दै प्रतिक्रिया दिएका छन् । राम्रो हास्यव्यंग्यका साथ शो बनाउनुपर्ने उनको भनाइ छ । 

उनले आउदो शो सकेसम्म संवादात्मक बनाउने तथा सनसनीपूर्ण र विवादास्पद र्यापिड फायर नगर्ने बताएका छन् । 

करण जोहरले कुराकानीमा भनेका छन्, ‘आजकाल सेलिब्रेटीहरू आफ्नो पीआर, पब्लिसिस्ट, म्यानेजर र सम्पूर्ण टिमसँग आउँछन् । तिनीहरूले मनिटर हेर्छन् र उनीहरुले शोबाट केही न केही डिलिट गर्न माग गरिरहन्छन् ।'

करणको यो शो सेलिब्रेटीका अभिव्यक्तिका कारण सधै विवादमा रहिरहन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन