२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसामा यूएई पुगेका राजु सेतो बाकसमा फर्किए

२०८१, १४ असार शुक्रबार ०६:१३

असार १४, काठमाडौँ । धन कमाएर परिवारलाई खुसी दिने आशमा मोटो रकम तिरेर भिजिट भिसामा यूएई पुगेका तनहुँका राजु गुरुङको मृत्यु भएको छ। 

मुलुकमा रोजगारी नपाएर भौतारिरहेका राजु घरपरिवारलाई सुख सुविधामा राख्ने अठोटका साथ केही समयअघि यूएई पुगेका थिए । भिजिट भिसामा यूएई पुगेका उनको डेंगुका कारण मृत्यु भएको हो । 

जाँदा ऋण काढेर जहाज चढेर गएका उनी फर्किन पनि त्यतिकै सकस भयो । उनको शव अलपत्र परेपछि नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईले पहल ग-यो र शव बल्ल–बल्ल नेपाल आइपुग्यो ।


उनको शव अवुधाबीस्थित नेपाली दूतावासको समन्वय, एनआरएनए यूएईका अध्यक्ष विकास शाहीको अग्रसरता तथा तनहुँ समाजका अध्यक्ष सुदीप कार्कीको पहलमा शारजहाँ विमानस्थलवाट एयर अरेबियाको विमानमार्फत नेपाल पठाइएको हो ।

 धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् । गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शवका बनेर विदेशबाट फर्कनेको संख्या दिनानुदिन बढ्दो छ ।

अवैध बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ ।

कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । विदेशमा मृत्यु भएर शव अलपत्र परेपछि एनआरएनए र सामाजिक अभियन्ताहरूले खर्चको जोहो गरेर शव नेपाल पठाउँदै आएका छन् ।

काम खोज्ने उद्देश्यले भिजिट भिसामा हेल्थ इन्स्योरेन्सबिना यूएई नआउन पनि एनआरएनए यूएईले अनुरोध गरेको छ । म्यानपावरमार्फत श्रम तथा इन्स्योरेन्स गरेर मात्र आउन पनि अनुरोध दूतावासको अनुरोध छ ।

केही तलमाथि भएमा यूएईमा पनि इन्स्योरेन्सबापत उपचार, शव पठाउने खर्च र मृतकका परिवारलाई बिमा रकम पाइने व्यवस्था रहेको एनआरएनएले जनाएको छ । श्रम गरेर आउँदा नेपाल सरकारले पनि बिमा रकम तथा परिवार बालबच्चाको पढाइलेखाइमा सहयोग गर्ने हुँदा अनावश्यक खतरा मोलेर आफू र आफन्तको बिजोग नपार्न एनआरएनएले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु