१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसामा यूएई पुगेका राजु सेतो बाकसमा फर्किए

१४ असार २०८१, शुक्रबार ०६:१३

असार १४, काठमाडौँ । धन कमाएर परिवारलाई खुसी दिने आशमा मोटो रकम तिरेर भिजिट भिसामा यूएई पुगेका तनहुँका राजु गुरुङको मृत्यु भएको छ। 

मुलुकमा रोजगारी नपाएर भौतारिरहेका राजु घरपरिवारलाई सुख सुविधामा राख्ने अठोटका साथ केही समयअघि यूएई पुगेका थिए । भिजिट भिसामा यूएई पुगेका उनको डेंगुका कारण मृत्यु भएको हो । 

जाँदा ऋण काढेर जहाज चढेर गएका उनी फर्किन पनि त्यतिकै सकस भयो । उनको शव अलपत्र परेपछि नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईले पहल ग-यो र शव बल्ल–बल्ल नेपाल आइपुग्यो ।


उनको शव अवुधाबीस्थित नेपाली दूतावासको समन्वय, एनआरएनए यूएईका अध्यक्ष विकास शाहीको अग्रसरता तथा तनहुँ समाजका अध्यक्ष सुदीप कार्कीको पहलमा शारजहाँ विमानस्थलवाट एयर अरेबियाको विमानमार्फत नेपाल पठाइएको हो ।

 धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् । गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शवका बनेर विदेशबाट फर्कनेको संख्या दिनानुदिन बढ्दो छ ।

अवैध बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ ।

कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । विदेशमा मृत्यु भएर शव अलपत्र परेपछि एनआरएनए र सामाजिक अभियन्ताहरूले खर्चको जोहो गरेर शव नेपाल पठाउँदै आएका छन् ।

काम खोज्ने उद्देश्यले भिजिट भिसामा हेल्थ इन्स्योरेन्सबिना यूएई नआउन पनि एनआरएनए यूएईले अनुरोध गरेको छ । म्यानपावरमार्फत श्रम तथा इन्स्योरेन्स गरेर मात्र आउन पनि अनुरोध दूतावासको अनुरोध छ ।

केही तलमाथि भएमा यूएईमा पनि इन्स्योरेन्सबापत उपचार, शव पठाउने खर्च र मृतकका परिवारलाई बिमा रकम पाइने व्यवस्था रहेको एनआरएनएले जनाएको छ । श्रम गरेर आउँदा नेपाल सरकारले पनि बिमा रकम तथा परिवार बालबच्चाको पढाइलेखाइमा सहयोग गर्ने हुँदा अनावश्यक खतरा मोलेर आफू र आफन्तको बिजोग नपार्न एनआरएनएले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन