काठमाडौंमा माग्ने निहुँ बनाएर चोरी गर्ने २ भारतीय पक्राउ

Posted on: 28 Jun, 2024

असार १४,  वीरगन्ज | माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् ।


उनीहरुलाई प्रहरी वृत्त मालिगाउँले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

काठमाडौंको सेतापुल नजिक डेरा लिएर बस्ने ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा उनीहरुले चोरी गरेको आरोप छ ।

माग्न आएको निहुँ पारेर १३ असारमा श्रेष्ठले कानमा लगाएको सुनको रिङ चोरी गरी उनीहरु फरार भएका थिए ।

चोरी भएको सुनको रिङ समेत उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!