२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिजो जहाजबाट फर्काइएका राजेशपायल अन्ततः पुगे दुबई

२०८१, १४ असार शुक्रबार १२:१७

असार १४, काठमाडौँ । गायक राजेशपायल राई सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेका छन् । हिजो चढिसकेको जहाजबाट फर्काइएका उनी दोस्रो प्रयासमा दुबई उड्न सफल भएका हुन् ।

अत्यधिक मदिरा पिएर जहाज चढेका राईलाई हिजो विमानस्थलबाट फर्काइएको थियो । उनले फ्लाइ दुबईका क्रु मेम्बरसँग झगडा गरेको प्रहरीले जनाएको छ ।


विमानस्थलबाट फर्काइएपछि नेपाल प्रेससँग कुरा गर्दै राईले आफूलाई अपमानजनक व्यवहार गरिएको बताएका छन् । एयर होस्टेसले सेल्फी खिच्न नमान्दा भनाभन भएको उनको दाबी छ ।

हिजो बिहान जहाजबाट फर्काइएपछि बेलुका अर्को जहाज चढेर राई दुबई पुगेका हुन् । दुबईको एयरपोर्टमा उनलाई आयोजकका मान्छेहरुले स्वागत गरेका थिए । भोलि शनिबार उनले ‘राजेशपायल राई लाइभ इन दुवई’ कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम छ ।

दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लवमा रातको १० बजेदेखि बिहान ४ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन् । दुबईबाट उनी युके र त्यसपछि क्यानाडा जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु