१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिजो जहाजबाट फर्काइएका राजेशपायल अन्ततः पुगे दुबई

१४ असार २०८१, शुक्रबार १२:१७

असार १४, काठमाडौँ । गायक राजेशपायल राई सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेका छन् । हिजो चढिसकेको जहाजबाट फर्काइएका उनी दोस्रो प्रयासमा दुबई उड्न सफल भएका हुन् ।

अत्यधिक मदिरा पिएर जहाज चढेका राईलाई हिजो विमानस्थलबाट फर्काइएको थियो । उनले फ्लाइ दुबईका क्रु मेम्बरसँग झगडा गरेको प्रहरीले जनाएको छ ।


विमानस्थलबाट फर्काइएपछि नेपाल प्रेससँग कुरा गर्दै राईले आफूलाई अपमानजनक व्यवहार गरिएको बताएका छन् । एयर होस्टेसले सेल्फी खिच्न नमान्दा भनाभन भएको उनको दाबी छ ।

हिजो बिहान जहाजबाट फर्काइएपछि बेलुका अर्को जहाज चढेर राई दुबई पुगेका हुन् । दुबईको एयरपोर्टमा उनलाई आयोजकका मान्छेहरुले स्वागत गरेका थिए । भोलि शनिबार उनले ‘राजेशपायल राई लाइभ इन दुवई’ कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम छ ।

दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लवमा रातको १० बजेदेखि बिहान ४ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन् । दुबईबाट उनी युके र त्यसपछि क्यानाडा जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै