१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओभरटेक गर्दा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जान घाईते

१५ असार २०८१, शनिबार ०६:०६

असार १५,  रौतहट । ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका  जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य ८ यात्रु घाइते भएका छन् ।

गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताएका छन् ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ । एकजना यात्रु २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा  भईरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताएकी छिन्।

अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भईरहेको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेको  दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। एकजना प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै