१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उच्च शिक्षा अध्ययनको लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्युपछि सिंगो गाउँ शोकमग्न

१५ असार २०८१, शनिबार १४:३२

असार १५, रौतहट । उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एकजना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडकखण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ ।

गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन ।

माधव नारायण नगरपालिका ३ सखुअवा स्थित श्री देवी माध्यमिक विधालयबाट एसईई २०८० मा ३. २३ जिपिए ल्याएर उतिर्ण भएकी नेहा कुमारी गिरी उच्च शिक्षा अध्ययनको लागि घरबाट बिरगंज जानेक्रममा आज बिहानै बस दुर्घटना हुदा मृत्यु भएको थियो । उनको मृत्युको खबरले सिंगो गाउँनै शोकमग्न बनेको छ । दुईदिन अघि छोरी एसईई पास भएको जानकारी पाएपछि परिवारको सल्लाह अनुसार उच्च शिक्षा अध्ययन गरेर  देशको सेवा गर्छिन भनी ठूलो आकांक्षा साथ नेहालाई वीरगन्ज पठाएको थिए । तर नेहाको मृत्युको खबरले सिंगो परिवारमाथि बज्रपात खसेको नेहाका बाबु शैलेन्द्र कुमार गिरीले दुखेसो पोखेका छन् ।

दुर्घटनामा गिरीको मृत्युसंगै अन्य १३ जना यात्रु घाईते भएका छन् । प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन।

दुर्घटना लगत्तै फरार भएका बस चालक चन्द्रपुर नगरपालिका ८ मोतिपुर बस्ने  बर्ष ३९ को सहदेव चौधरीलाई प्रहरीले उसको घरैबाट पक्राउ गरेको छ । बस चालक चौधरी ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल