२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद यादव पक्राउ

२०८१, १६ असार आईतवार ०९:३८

असार १६, काठमाडौँ । मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश गरेको हो ।

महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका यादवलाई प्रक्रिया पूरा गर्न अदालतमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले बताए । यादवको मुद्दा जिल्ला अदालतले मुल्तवीमा राखेको छ । सोही मुद्दामा नेकपा एमालेका प्रतिनिधि साभा सदस्य लक्ष्मी महतो कोइरी जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् ।


०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

जिल्ला अदालतले मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई विकको हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकिएपछि हाल फरार छन् ।

उक्त मुद्दामा जिल्ला अदालतले प्रदिप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३(३) नं. बमोजिम कसुर गरेकोले सोही १३(३)बमोजिम जनही जन्म कैद सजायको फैसला सुनाएको छ ।

जन्म कैद सजाय पाएका ७ जनामध्ये प्रदिप र संजय ८ वर्षदेखि थुनामा छन् भने जिल्ला अदालतले सजया तोकेका अन्य फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु