२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१, १६ असार आईतवार १२:०३

असार १६, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धवलागिरी गाउँपालिका–४ नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ जाँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार ट्याक्टरमा सवारी रामेछापको खाँडदेवी गाउँपालिका–८ का ३२ वर्षीय रवी भण्डारीको मृत्यु भएको हो। 

उनलाई दिउँसो १२:२० मा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए। 

ट्याक्टर सडकदेखि ३०० मिटर तल खसेको थियो। चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ का ३० वर्षीय भुवन कुमार पाख्रिन सकुशल रहेका छन्। उक्त ट्याक्टर अपर म्याग्दी जलविद्युत आयोजनामा निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो। 

मृतकको शवलाई बेनी अस्पतालमा परीक्षणका लागि राखिएको र चालक पाख्रिनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु