असार १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

१७ असार २०८१, सोमबार ०८:०९

असार १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन खोजिएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले स्वतन्त्र रुपमा चुनाव जितेका बालेनलाई अप्ठ्यारोमा पारेर काम गर्न नदिएर असफल बनाउन खोजिएको दाबी गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वतन्त्रबाट जितेकै कारण उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने काम भइरहेको छ,’ शाहीले भने, ‘कुन नेताको घरमा हाजिर लगाएर अनि वडाध्यक्ष, सदस्यहरुलाई बोलाएर नाराजुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त गर्ने काम बन्द गरियोस् ।’

शाहीले काठमाडौंका वडाध्यक्षहरुलाई दलका शीर्ष नेताहरुले फोनमा आदेश दिएर महानगरपालिकाको नगर सभामा विरोध प्रदर्शनका लागि निर्देशन दिने काम भइरहेको पनि टिप्पणी गरे ।

‘एउटा वडाध्यक्षलाई दलको केन्द्रीय शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइरहेको छ,’ उनले भने ।

राप्रपा सांसद शाहीले स्थानीय तहमा दलबिहीन राजनीतिको आवश्यकता पनि औंल्याए । ‘संसदमा दलीय आवश्यकता छ, दलीय राजनीति गरौँ,’ उनले भने, तर, स्थानीय तहमा अब दलबिहीन राजनीतिको आवश्यकता छ । हाम्रो छिमेकलगायत विश्वभर धेरै देशहरुमा स्थानीय तह दलबिहीन राजनीतिबाट हुन्छ ।’

शाहीले दलहरुले साच्चै देश विकास गर्न चाहेको हो भने जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिनुपर्नेमा जोड दिए ।

‘काठमाडौं महानगरको बजेट अहिले अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिलाई स्थानीय जनताले वडाध्यक्ष चुनेका हुन कि कुनै दलका कार्यकर्ता चुनेका हुन् ?,’ उनले प्रश्न गर्दै भने, ‘सबै दलहरुले साच्चै देश विकास गर्ने हो, साच्चै प्रजातन्त्र आएको हो, साच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिऊँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा