असार १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

२०८१, १७ असार सोमबार ०८:०९

असार १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन खोजिएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले स्वतन्त्र रुपमा चुनाव जितेका बालेनलाई अप्ठ्यारोमा पारेर काम गर्न नदिएर असफल बनाउन खोजिएको दाबी गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वतन्त्रबाट जितेकै कारण उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने काम भइरहेको छ,’ शाहीले भने, ‘कुन नेताको घरमा हाजिर लगाएर अनि वडाध्यक्ष, सदस्यहरुलाई बोलाएर नाराजुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त गर्ने काम बन्द गरियोस् ।’

शाहीले काठमाडौंका वडाध्यक्षहरुलाई दलका शीर्ष नेताहरुले फोनमा आदेश दिएर महानगरपालिकाको नगर सभामा विरोध प्रदर्शनका लागि निर्देशन दिने काम भइरहेको पनि टिप्पणी गरे ।

‘एउटा वडाध्यक्षलाई दलको केन्द्रीय शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइरहेको छ,’ उनले भने ।

राप्रपा सांसद शाहीले स्थानीय तहमा दलबिहीन राजनीतिको आवश्यकता पनि औंल्याए । ‘संसदमा दलीय आवश्यकता छ, दलीय राजनीति गरौँ,’ उनले भने, तर, स्थानीय तहमा अब दलबिहीन राजनीतिको आवश्यकता छ । हाम्रो छिमेकलगायत विश्वभर धेरै देशहरुमा स्थानीय तह दलबिहीन राजनीतिबाट हुन्छ ।’

शाहीले दलहरुले साच्चै देश विकास गर्न चाहेको हो भने जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिनुपर्नेमा जोड दिए ।

‘काठमाडौं महानगरको बजेट अहिले अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिलाई स्थानीय जनताले वडाध्यक्ष चुनेका हुन कि कुनै दलका कार्यकर्ता चुनेका हुन् ?,’ उनले प्रश्न गर्दै भने, ‘सबै दलहरुले साच्चै देश विकास गर्ने हो, साच्चै प्रजातन्त्र आएको हो, साच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिऊँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु