२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोहित, विराट र रवीन्द्रको सन्न्यास घोषणापछि यी खेलाडीले लिन सक्छन् यीनको स्थान

२०८१, १७ असार सोमबार ०९:३७

असार १७, काठमाडौँ । भारतीय क्रिकेट टिमले शनिबार १७ वर्षपछि आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जित्यो । तर, विश्वकप उपाधि उचालेको केही घण्टाभित्रै भारतीय टिमका तीन दिग्गज क्रिकेटरले सन्न्यासको घोषणा गरे । 

जसमा छन्, कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजा । पहिल्लो डेढ दशकयता क्रिकेट टिमका नियमित सदस्य बनेका यी तीन खेलाडीको स्थान भर्पाइ गर्न भारतीय क्रिकेट टिम (बीसीसीआई) अहिले नयाँ अनुहारको खोजीमा छ । 


रोहित सन् २००७ देखि अर्थात् १७ वर्षदेखि भारतीय टिममा निरन्तर थिए । यस्तै, विराट कोहली १४ वर्षदेखि र रवीन्द्र १५ वर्षदेखि क्रिकेटको सानो संरचनामा राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका थिए । यी तीन खेलाडीको स्थानमा शुभमन गिल, यशस्वी जयसवाल र ऋतुराज गायकवाडले भारतीय क्रिकेट टिमको शीर्ष क्रम ब्याटिङ अर्डरमा दाबेदारी दिन सक्नेछन् । 

कप्तानको रूपमा युवा ब्याटर गिल अलराउन्डर हार्दिक पन्ड्या र विकेटकिपर ब्याटर ऋषभ पन्तसँगै दाबेदारमा छन् । कोहलीबाट सुरुआत, लगत्तै रोहित र रवीन्द्रको घोषणा शनिबार बार्बाडोसमा भएको फाइनलपछि भएको थियो । दक्षिण अफ्रिकाविरुद्ध सात रनको साँघुरो जित निकाल्दै भारतले १७ वर्षपछि आईसीसी प्रतियोगिता र १७ वर्षपछि आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । 

यी खेलाडी छन् दाबेदार 

रोहित शर्माको कप्तानीमा भारतले हालसम्म ६२ खेल खेलेको छ । जसमा भारतीय टिमले ४९ खेलमा जित निकाल्दा १२ खेलमा मात्र हार व्यहोरेको छ । रोहितअघिका कप्तान विराटको नेतृत्वमा भारतले ५० खेल खेल्दा ३० खेलमा जित र १६ खेलमा हार बेहोरेको थियो । 

भारतीय टिममा अब रोहितको बहिर्गमनपछि अलराउन्डर हार्दिक पन्ड्याले नेतृत्व सम्हाल्ने सम्भावना उच्च छ । यस्तै, इन्डियन प्रिमियर लिग (आईपीएल)बाट आफ्नो कप्तानी प्रमाणित गरिसकेका विकेटकिपर ब्याटर ऋषभ पन्त पनि यो सूचीमा छन् । तर, भारतले जिम्बाब्वेसँगको शृंखलाका लागि भने युवा ब्याटर शुभमन गिललाई कप्तान चुनेको छ । रोहित र कोहलीले विश्वकपको सबै खेलमा ओपनिङ गरे । अब यी दुईले एकसाथ छोड्दा शुभमन, यशस्वी जयसवाल र ऋतुराज गायकवाड यो स्थानका प्रवल दाबेदारीमा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु