१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कारले भीडलाई कुल्चिँदा दक्षिण कोरियामा कम्तीमा ९ जनाको मृत्यु

१८ असार २०८१, मंगलवार ०७:१८

असार १८, काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । यो घटना स्थानीय समयअनुसार सोमबार राति ९ः३० बजेतिरको भएको प्रहरीले बताएको छ । 

योन्ह्याप समाचार एजेन्सीका अनुसार कारका चालक ६८ वर्षका थिए । ट्राफिक स्टपमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई गाडीले ठक्कर दिएको थियो । 


यस घटनामा घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ । तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार कार गलत दिशामा चलाइएको थियो । भीडलाई कुल्चनु अघि कारले अन्य दुई सवारी साधनलाई पनि ठक्कर दिएको थियो । घटना सोल सिटी हलको चोकमा भएको जानकारी दिइएको छ ।

चालकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । कारको गति एक्कासि बढेको प्रहरीसँगको सोधपुछमा चालकले बताएका थिए । दक्षिण कोरियामा सडक दुघर्टनामा सबैभन्दा धेरै ज्यान पैदलयात्रीको जाने गरेको छ । सन् २०२२ मा सडक दुघर्टनामा भएको कूल मृत्युमा पैदलयात्रीको अनुपात ३५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा