१२ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१८ असार २०८१, मंगलवार १२:१४

असार १८, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।


अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् । कांग्रेस नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहित केही आरोपी भने धरौटीमा रिहा भएका छन् ।

यो प्रकरणमा प्रहरीले आरोपीहरु पक्राउ गर्न थालेदेखि नै थापा फरार थिए । उनलाई प्रहरीले गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले र रास्वपालक्षित एनपी साउदको टिप्पणी : हारेकाहरुले हो मिसन ८४ को भ्रम फैलाउने ७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी आज पनि हाजिर जमानीमा छुटे रवि लामिछाने गढीमाई मन्दिर तोडफोड आरोपमा तीन जना पक्राउ क्रोएसिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा महिला पक्राउ इनड्राइभ चालक पक्राउ: मोबाइलमा भेटिएका तथ्यहरु देख्दा प्रहरी नै चकित ९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो निकालियो भारतमा रेल दुर्घटना हुँदा ज्यान गुमाएका ७ नेपालीको सनाखत, थप ४ जना घाइते दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, विश्वविद्यालय तत्काल खाली गर्न निर्देशन रविको मुद्दामा जाहेरवालाको तर्फबाट बहस सकियो, आजै आउला आदेश ? मलेसियामाथि नेपालको सान्त्वना जित यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा उक्लिइन् पूजा हर्क साम्पाङमाथि खानेपानीमन्त्रीको टिप्पणी- ड्रामा होइन, काम गर्नुस् नेपालसँग ४५ रनमै समेटियो मलेसिया, पूजा महतोको सानदार बलिङ यू-१९ विश्वकप : नेपाली बलर हाबी हुँदा १० ओभरमा मलेसियाको २१ रन वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर रविका समर्थकबाट कुटिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको अभिव्यक्तिप्रति बहालवाला न्यायाधीशहरूको प्रतिवाद महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने १२ जना मध्ये ७ जना नेपाली १२ वर्षीय बालकद्वारा ३ वर्षीया बालिकाको करणी प्रयास, रोइकराइ गरेपछि हत्या सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस