१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरियाको ‘भिसा डेट’ होल्ड गरेर ठगी, ८ जना पक्राउ

१९ असार २०८१, बुधबार ११:१४

असार १९, काठमाडौँ । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ ।

अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।


पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् । अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन ।

उनीहरुले पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेहरुलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो ।

३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सीआईबीलाई जानकारी गराएको थियो । दूतावासको पत्रपछि सीआईबीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकामध्ये पवन इनोभा कन्सल्टेन्सी, संघर्ष युनिभा, नवीन यति सर्भिस् कन्सल्टेन्सी, सुमेश नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस् कन्सल्टेन्सीमा आबद्ध रहेको देखिएको सीआईबी स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह