१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुरका मेयर चिरीबाबुलाई अख्तियारले काट्यो पत्र

२० असार २०८१, बिहीबार ०८:४२

असार २०, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकालाई पत्र काटेको छ। 

बुधबार आयोगले बाढी पहिरोबाट वडा नम्बर २४ स्थित नगर पालिकाको निर्णय विपरीत बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार रकम बाँडेको विषयमा बुझ्न उपस्थित हुन पत्र काटेको हो।  

'२०७७ सालमा धापाखेलमा आएको बाढी पहिरोका पीडितलाई नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरलाई हानि हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको छ,' पत्रमा भनिएको छ, 'उक्त उजुरीको अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौं।'


पत्रमा असार २६ गते बिहान १० बजे सक्कल नागरिकता र पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नम्बर ३ मा उपस्थिति हुन भनिएको छ।

हिजो महानगरका मेयर चिरीबाबु महर्जन स्वयं उपस्थित भएर अख्तियार आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएका थिए। 

वडा नम्बर-१० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएको महानगरले बताएको थियो। यस्तै, महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली गराएको थिएन। 

यस्तै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रिसइबी साँध्न उक्त पत्र काटिएको बताए।

'हामीले डोजर लगाउँछौं भनेर उहाँले कतैबाट सुराक पाएपछि पत्र काटेको हो भन्ने लाग्छ,' उनले भने, 'किनकी मैले पटकपटक सम्पदा क्षेत्रको दक्षिणतर्फ राखिएको गेट हटाउनु भनेको थिएँ। तर उहाँले मान्नु भएको थिएन।'

त्यस्तै मेयर महर्जनले आज दिउँसो मात्रै उक्त पत्र बुझिलिएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह