१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती छ, अब स्वदेशमै रोजगारी सिर्जना गर्छौँ : आरजु देउवा

२० असार २०८१, बिहीबार ०९:३८

असार २०, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको औँल्याएकी छन् । उनले सबै मिलेर चुनौतीहरूको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रूपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू), शंकरदेव क्याम्पसले आयोजना गरेको त्रिभुवन विश्वविद्यालय बिबिए कप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै डा. देउवाले नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने बताइन् । 


उनले भनिन्, ‘अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ । हामी सबै मिलेर यस्ता चुनौतीहरूको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रूपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’ 

बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता तथा आयोजक शंकरदेव क्याम्पसले केसीएमआईटी कलेजविरुद्ध खेल्दै छ । चन्द एण्ड ब्रदर्स प्रालिको व्यवस्थापनमा हुने प्रतियोगिता सानो गौचरण खेल मैदानमा सुरु भएको हो ।  

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउँछन् । प्रतियोगितामा २६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले विशेष पुरस्कार पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह