१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जापान सरकारले अन्ततः बन्द गर्यो फ्लपी डिस्क प्रयोग

२० असार २०८१, बिहीबार ०९:५०

असार २०,  काठमाडौँ । जापान सरकारले अन्ततः आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग गर्न बन्द गरेको छ ।

जापान सरकारले विगत दुई दशकदेखि फ्लपी डिस्क प्रयोग गर्दै आएको र लामो समयदेखि यसको प्रयोगमा प्रतिबन्ध लगाउन कर्मचारीतन्त्रमा पहल भइरहेको थियो ।


गत महिना, जापानी सरकारले आफ्ना सबै १०३४ नियामक निकायहरूमा डिसकोर्ड प्रयोग गर्न बन्द गरेको जनाएको छ ।

जापानका डिजिटल मन्त्री तारो कोनोले भनेका छन्, ‘हामीले २८ जुनमा फ्लपी डिस्कविरुद्धको युद्ध जित्यौँ’।'  तारो कोनो विशेष गरी सरकारी प्रणालीमा फ्याक्स मेसिन र एनालग प्रविधिको प्रयोगको विरुद्धमा आवाज उठाइरहेका छन् ।

जापानमा २०२१ मा कोरोना महामारीको बेला डिजिटल एजेन्सी गठन भएको थियो । देशभर परीक्षण र खोप लगाउन थालेपछि सरकारले पुरानै ढाँचा पछ्याइरहेको र त्यहाँ पुरानै प्रविधिको प्रयोग भइरहेको खुलेको छ । 

कोनोले सरकारी प्रणालीलाई आधुनिकीकरण गर्न माग गर्दै आएका थिए । यसअघि कोनोले रक्षा र परराष्ट्र मन्त्रालयसँगै कोभिड भ्याक्सिन सञ्चालन गर्ने अभियानको पनि नेतृत्व गरिसकेका छन् ।

यद्यपि, जापानको डिजिटलाइजेसन प्रयासले धेरै अवरोधहरू सामना गर्यो । एक कन्ट्याक्ट ट्रेसिङ एप महामारीको समयमा असफल भयो र सरकारको माई नम्बर डिजिटल परिचय पत्र पनि बारम्बार डाटा ग्लिचहरूको बीचमा अपेक्षित भन्दा ढिलो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह