१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘इट्स माइ शो’ का विवादित अंश डिलिट भएपछि जसिताको खुशी

२१ असार २०८१, शुक्रबार ०७:३५

असार २१, काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘इट्स माइ शो’ कार्यक्रममा पहुना बनेर पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी आरएल शाहसँग कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले सोधेका केहि प्रश्नको जवाफ विवादित भएपछि उक्त कार्यक्रम तिब्र आलोचनाको शिकार बनेको थियो ।


यसका साथै कार्यक्रममा अभिनेत्री जसिता गुरुङ तथा अभिनेता अनमोल केसीको व्यक्तिगत जीवनका बारेमा यी दुई अभिनेत्रीले दिएको वयानप्रति जस्सिताले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी थिइन् ।

जसिताको उजुरीपछि प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई स्पष्किरणसहित पत्राचार गरेको थियो । यसका लागि मंगलवार ओसिन प्रेस काउन्सिल पुगेर जवाफ दिएकी थिइन् ।

जसिताले उक्त कार्यक्रमप्रति आपत्ति जनाएपछि अभिनेत्रीद्वय खड्का तथा शाहले गल्ती महसुस गर्दै सार्वजनिक रुपमा माफी मागेता पनि कान्तिपुर मिडियाले यसबारे कुनै धारणा नै सार्वजनिक गरेको थिएन, न त कार्यक्रमको विवादित अंश नै हटाएको थियो ।

अन्ततः अहिले उक्त कार्यक्रममा भएका विवादित अंशहरु डिलिट कान्तिपुरले डिटिल गरेको छ । कार्यक्रमका विवादित अंश हटेपछि अभिनेत्री जसिता गुरुङले आफ्नो खुशी व्यक्त गर्दै एउटा स्टाटस लेखेकी छिन् । जसमा उनले लेखेकी छिन्– ‘अन्ततः इट्स माइ शोका विवादित अंश डिलिट भएका छन् । म आशा गर्छु भविष्यमा यस्तो अवस्था कसैलाई पनि नआओस् । यस कुरामा मलाई साथ र समर्थन गर्नेप्रति धन्यवाद दिनुको साथै धेरै माया दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह