१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

२१ असार २०८१, शुक्रबार ०८:२३

असार २१, काठमाडौँ । अबैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले असार २० गते महालक्ष्मीस्थानमा निर्माणाधीन घरमा छापा मार्दा शंकास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीले सुन गाल्ने मशिन, डिजिटल र ५० लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ।


पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन्। छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पक्राउ पर्नेमा २८ वर्षीय विभूते सहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन्। त्यस्तै, भक्तपुरका सिद्धान्त चौलागाईं र ललितपुरका यसवन्त सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चेकबूक, ब्यांकमा नगद जम्मा गरेको भौचर समेत बरामद गरेको छ। सुन गाल्ने मशिन नै भेटिएकाले यस समूहले संगठित रूपमा अवैध सुनको कारोबार गरेको प्रहरीको आशंका छ।

उनीहरूको साथबाट बरामद सामानहरू

१. सुन जस्तो देखिने पहेलो धातु १६९.९७० ग्राम

२. चाँदी जस्तो देखिने धातु २४७.२५० ग्राम

३. डिजिटल तराजु- १

४. विभिन्न कम्पनीका मोबाइल- ७

५. हार्ड डिस्क- १

६. सिमकार्ड, चेकबुक , तथा बैंकमा नगद जम्मा गरेको भौचर

७. नेपाली रुपैयाँ ५०,०४,७३० ( पचासलाख चार हजार सातसय तीस रुपैयाँ)

८. सुन पगाल्ने मेसिन-१

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह