२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा, भएनन् बाँकी पदाधिकारी चयन

२०८१, २१ असार शुक्रबार ०८:५८

असार २१, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।


यही कमिटीले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने गरी महाधिवेशन समापन गरिँदै छ।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी चयन नगरी महाधिवेशनबाट चयन गरिएन। 

हिजो मात्र अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल रहने सहमति गरी हलबाट अनुमोदन गराइएको थियो। उनीहरू यसअघि पनि तिनै पदमा थिए।

साविक पोलिटब्युरो ९९ सदस्यीय भए पनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको नेता नरेशकुमार शाहीले जानकारी दिए। यसमा सातै प्रदेश कमिटीका अध्यक्ष पनि छन्। 

अब १० दिनभित्र केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन हुने र बाँकी केन्द्रीय सदस्यहरूको नाम पनि सार्वजनिक गरिने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु