२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा अध्यावधिक कार्यशाला गोष्ठी सम्पन्न

२०७३, १२ कार्तिक शुक्रबार ०७:२१

कात्तिक १२, डडेल्धुरा । ‘कृषि, वन, पर्यटन पूर्वाधार, समृद्ध डडेल्धुराको मूल आधार’को साझा धारणा बनाउँदै जिल्लाको आवधिक पाँचवर्षे योजना तयार गरिएको छ । 

मङ्गलबारदेखि सञ्चालन गरिएको तीन दिने कार्यशाला गोष्ठीमा जिल्लाको समग्र विकासका योजनालाई प्राथमिकीकरण गरी रणनीति र चुनौतीका बारेमा समेत छलफल गरी अध्यावधिक योजना निर्माण गरिएको स्थानीय विकास अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । 

सम्बन्धित क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिलाई समूहमा राखी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, सामाजिक व्यवस्थापन, वन, सञ्चारलगायत विविध विषयका समूह बनाई ती क्षेत्रमा विद्यमान अवस्थामा देखिएका समस्या, समस्याको कारण, असर र भावी रणनीतिका बारेमा छलफल गरी समस्या निराकरणका लागि आवधिक योजना तयार पारिएको हो । 

पाँच वर्षका लागि तयार पारिएको आवधिक योजनामा स्थानीय स्रोत साधनको बढी प्रयोग हुने गरी उत्पादन वृद्धिसँगै रोजगारको समेत सम्भावनालाई बढाउने रणनीति तयार पारिएको छ । रणनीतिमा भौतिक पूर्वाधारको निर्माण गर्ने, सञ्चार क्षेत्रको पहुँच र क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय जनशक्तिको क्षमतालाई समेत वृद्धि गर्नेलगायत छन् । 

आव २०५७/५८ देखि आव २०६२/६३ सम्म पहिलो योजना निर्माण भएको थियो भने त्यसपछि दोस्रो आवधिक योजनाका लागि छलफल कार्यशाला गोष्ठी आयोजना गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म