१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?

२३ असार २०८१, आईतवार ०८:१६

असार २३,  काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । 


कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने दाबि गरे ।

उनले भने- 'दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने भन्ने अनि ललितपुरमा आफ्ना नेताहरुलाई सहमतिका लागि पठाउने यो कहाँको नैतिकता हो कमरेड ?'

उनले प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थीको फाइल फेरी खोल्न थालेपछि बेचन झा पक्राउ परेपछि एमाले-कांग्रेसका नेताहरु बेचैन भएको र ढुंगा प्वाल परेको देखेको टिप्पणी गरे ।

उनले संबिधानमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर नलेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानमा रहेको व्यवस्था अनुसार नै आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणपछि कुनै नेतालाई नभेटेको र कुनै किसिमको सरकार बनाउने छलफल नगरेको बादी गरेका छन् ।

उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने संबिधानमा स्पष्ट व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी