२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’

२०८१, २४ असार सोमबार ०६:१४

असार २४, काठमाडौँ । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी शुरु भएको छ ।

रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन भन्ने कौतुहलता उनका करोडौं फ्यानहरुमा उठिरहेको छ । 

यसैबीच चेल्सीका पुर्व खेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबि गरेका छन् । गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने दाबि गरेका हुन् ।

क्रिस्टियानो जुनियर अहिले १४ बर्षका छन् र उनी राम्रो फुटबल खेल्दछन । उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुटुले भनेका छन्- 'रोनाल्डोको यहि असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक असिफियल खेल खेल्न चाहान्छन् । र यो अल नासरमा सम्भव हुन सक्छ । अथवा अन्य टिममा । र मलाई लाग्छ यो असम्भव छैन ।'

३९ बर्षिय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा भने उनी कहिलेसम्म खेल्छन, निश्चित रहेको छैन । पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु