१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’

२४ असार २०८१, सोमबार ०६:१४

असार २४, काठमाडौँ । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी शुरु भएको छ ।

रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन भन्ने कौतुहलता उनका करोडौं फ्यानहरुमा उठिरहेको छ । 

यसैबीच चेल्सीका पुर्व खेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबि गरेका छन् । गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने दाबि गरेका हुन् ।

क्रिस्टियानो जुनियर अहिले १४ बर्षका छन् र उनी राम्रो फुटबल खेल्दछन । उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुटुले भनेका छन्- 'रोनाल्डोको यहि असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक असिफियल खेल खेल्न चाहान्छन् । र यो अल नासरमा सम्भव हुन सक्छ । अथवा अन्य टिममा । र मलाई लाग्छ यो असम्भव छैन ।'

३९ बर्षिय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा भने उनी कहिलेसम्म खेल्छन, निश्चित रहेको छैन । पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी