१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता

२४ असार २०८१, सोमबार ०९:२०

असार २४, रौतहट | रौतहटका छुट्टाछुट्टै स्थानको नदी किनारमा एक महिला एक पुरुष गरी दुई जनाको शव फेला परेको छ।  

एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गरुडा नगरपालिका-५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव गाउँछेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजी कार्य सुरू गरेको छ।


क्षारे रोगबाट ग्रसित यादव सोमबार बिहान सौच गर्न जाँदा दिउँसोसम्म घर फर्केर नआएपछि घरका मानिसले खोजी गर्दै जाँदा तलाउ किनारमा उसको गम्छा भेटेका थिए।

अनिल सौच गरेर खोला किनारमा गएको समय उनलाई रोगले मुर्छित पारेपछि तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने पीडित परिवारको आशंका रहेको छ।

सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार, हेक्वाटरबाट विपद तथा उद्धार सम्बन्धी सामग्री लिएर गएको टोली र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले तलाउमा अनिलको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताएका छन्।

उता जिल्लाको पूर्वीभेग माधव नारायण नगरपालिका-९ गढो गाउँनजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेका ५३ वर्षीय पुरुषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेक्वाटर रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन्।

त्यस्तै, यमुनामाई गाउँपालिका ४ स्थित झाँझ खोला किनारमा आज एक जना अपरिचित ३० वर्षीया महिलाको शव बरामद भएको छ। स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाटरबाट गएको संयुक्त टोलीले महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ।

महिला र पुरुष दुवै शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

यस पटकको मनसुन सुरू भएयता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी