२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेपत्ता श्रीमतीको खोजीमा श्रीमानले अजिंगरलाई काटे, पेटमा श्रीमतीको शव भेटियो

२०८१, २४ असार सोमबार ११:२५

एजेन्सी । इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेकी छन् । सर्पले मानिसलाई खाने घटना विरलै भए पनि इन्डोनेसियामा पछिल्लो एक महिनामा यो दोस्रो घटना हो ।

पछिल्लो घटना दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँको हो।

इन्डोनेसियाका प्रहरीका अनुसार मंगलबार सिरियाती नामकी ३६ वर्षीया महिला आफ्नो बच्चाको लागि औषधि लिन घरबाट निस्किएकी थिइन् तर उनी बेपत्ता भएकी थिइन् ।

पछि उनका श्रीमान् आदियान्साले गाउँमा आफ्नो घरबाट ५०० मिटर पर सिरियतीको चप्पल र अन्य लुगा फेला पारेको अधिकारीहरूलाई बताए।

बीबीसी इन्डोनेसिया सेवासँग कुरा गर्दै स्थानीय प्रहरी प्रमुख इदुलले श्रीमान् अदियान्साले जिउँदै अजिंगर फेला पारेको बताए ।

अजिंगरको पेट फुलेको देखेर उनलाई शंका लाग्यो र उनले अजिंगरको पेट काटिदिए । उसको पेट भित्र उनले आफ्नी श्रीमतीको शव फेला पारे, जो मृत अवस्थामा थिइन्।

यसअघि जुनको सुरुमा दक्षिण सुलावेसीको अर्को जिल्लामा पाँच मिटर लामो अजिंगरले एक महिलालाई निल्यो।

यो घटनापछि यहाँको प्रहरीले सर्वसाधारणलाई अजिंगरले फेरि आक्रमण गर्न सक्ने भएकाले सुरक्षाका लागि सधैँ चक्कु साथमा राख्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु